Section 25
विवरण उपलब्ध गराउनु पर्ने
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि देहायका निकाय वा अधिकारीले देहायका विवरण आयोगलाई उपलब्ध गराउनु पर्नेछः–
(क) बसाई सराई, विवाह दर्ता तथा मृत्यु दर्ताको विवरण स्थानीय पञ्जिकाधिकारीले,
(ख) नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले,
(ग) नागरिकता रद्द गरेको विवरण गृह मन्त्रालयले ।